रुपन्देही बैशाख २९,
आज रुपन्देहीमा अन्तराष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । दिवसका अवसरमा देवदह नर्सिङ कलेजमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा रुपन्देहीका ८ नर्सिङ कलेजका बिद्यार्थीहरु सहभागि थिए ।
नर्सिङ्ग कलेजहरुको छाता संस्था फोरम फर हेल्थ एण्ड टेक्नीकल साईन्सको क्षेत्रीय समिती लुम्बिनीले आयोजना गरेको सो प्रतियोगितामा मेडिटेक नर्सिङ कलेजकी आशा उपाध्याय प्रथम, देवदह नर्सिङ कलेजकी सपना सुनार द्वितीय र देउराली जनता नर्सिङ कलेजकी कमला कुवँर तृतीय भएकि छिन् ।
यसैगरी लुम्बिनी हस्पिटल एण्ड टेक्नीकल कलेजकी विष्णु बस्नेतले सान्त्वना पुरस्कार पाएकि छिन् । उनीहरुलाई कप सहित प्रमाण पत्र प्रदान गरिएको छ ।
फ्लोरेन्स नाईटिङ्गेलको सम्झनामा उनको जन्मदिन पारेर हरेक वर्ष मे १२ मा विश्व नर्सिङ दिवस मनाइन्छ ।(चन्द्रकान्त खनाल)
चन्द्रकान्त खनाल
चन्द्रकान्त खनाल
चन्द्रकान्त खनाल