गजल :
कोही मुग्लानतिर लागे कोही खाडीले लग्यो
घरमा बाँकी रहेका हेर वर्वादीले लग्यो
भएको उद्योग धन्दा सबै बन्द हुँदै गए
बाँकी कल कारखाना हेर त्यो आँधीले लग्यो
राम सीताको विहे जन्ती जाने बेलामा
रेलगाडी नचल्नाले वयल गाडीले लग्यो
खाली सिसी पुराना सामान भन्दै यो देशको
हाम्रो बुद्घ भगवान् त्यही कवाडीले लग्यो
गोप्य सम्झौता गरे कसैलाई थाहै न दी
याँ को हाम्रो धरोहर त्यो अनादीले लग्यो ।
मानन्धर अभागी