'' हत्केलामा आगो '' गजल संग्रह हङकङमा लोकार्पण I

हङकङ बैशाकः २९,

नारीदर्पण : गत शनिबार मे १० तारिक कवि तथा गजलकार श्री बज्र कुमार  थुलुङ्ग राइको प्रथम गजल संग्रह '' हत्केलामा आगो'' हङकङमा विमोचन भएको छ ।

सुन्दर साँझले धर्तीमा आफ्नो आँचलको सप्को मार्छिंन उता जोर्डन स्थित नमो बुद्ध क्लब मा साहित्यिक लोकार्पणका उज्यालो उदाउछन ।  मनग्ये जनउपस्थितिका माझ बगैंचा पब्लिकेशन द्वारा प्रकाशित बज्र थुलुङ्गका गजल संग्रहमा १०७ ओटा निकै सशक्त, गहकिला गजल समेटिएका छन् । प्रवासलाइ कर्म क्षेत्र बनाए पनि नेपाली साहित्य आकाशलाई अझ फराकिलो बनाउन यसरि नै धेरै साहित्यिक प्रेमीहरु तथा साहित्य अनुरागी हरु लागि पर्नु भएको छ ।

बगैंचा पब्लिकेशनका संस्थापक संयोजक  कवि तथा साहित्यकार नरेश सुनुवारको सभापतित्वमा सम्पन्न उक्त विमोचन कार्यक्रमका प्रमुख अतिथि साब्लाबुङ्ग साहित्यिक पत्रिकाका सम्पादक तथा प्रकाशक राज कुमार राई, विशेष अतिथि तथा अतिथिहरुमा नेपाली साहित्य प्रतिष्ठान हङकङका टाँक सम्बाहाम्फे , सृजनसिल साहित्यिक समाजका हाङ्ग्युग अज्ञात, साहित्यकार तथा पत्रकार किन्दर राई , एभरेस्ट साप्ताहिकका प्रकाशक एबम सम्पादक किसन राई , हङकङ साप्ताहिक श्रिङ्खलाकि संयोजक दीपा एवाई राई , हङकङ महासंघकी अपध्यक्ष रीता गुरुङ, शिक्षक आमोद राई, शशिमदन राई , अशोक गुरुङ , जजिन चाम्लिङ्ग , टिका देवी गुरुङ, हेजेन राई, हेम खुम्बु, डासुराम पराजुली लगायतका साहित्यकार, समाजसेवी तथा संचार कर्मीहरुको उपस्थितिमा ब्रज कुमार थुलुङ्ग राई को '' हत्केलामा आगो '' प्रथम गजल संग्रह लोकार्पण कार्यक्रम भव्यरुपमा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com