बिपिमा डाक्टरको आन्दोलनले बिरामीलाई उपचारमा समस्या I

धरान  जेठ ७,

गोपाल दाहाल : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका जुनियर रेसिडेन्ट डाक्टरको आन्दोलनले उपचार गर्न आउने बिरामीलाई समस्या भएको छ । 

मंगलबारबाट ओपिडी सेवा बन्द गरेर आन्दोलनमा होमिएपछि उपचारमा समस्या भएको हो । उपचारमा थोरै चिकित्सक मात्र हुदा बिरामी घण्टौं लाईनमा उभिन बाध्य छन् । प्रतिष्ठान र आन्दोलनरत डाक्टरहरु बिच भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि समस्या बढ्दो छ । डाक्टर नभेटेपछि बिरामीहरु पुर्जी फिर्ता गर्ने भन्दै आउने गरेको कर्मचारीहरुले बताए । प्रतिष्ठानमा दैनिक दुई हजारको संख्यामा बिरामी आउने गरेका छन् । 

प्रतिष्ठानले स्नातकोत्तर (एमडि/एमएस) तहमा छात्रवृत्तिको सिट ३३ प्रतिशत छुट्याउने सहमति गरेपनि विदेशी विद्यार्थीलाई प्राथमिकता दिएर सहमति कार्यान्वयन नगरेको भन्दै प्रतिष्ठानका उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशक र रजिष्ट्रारको कार्यकक्षमा तालाबन्दी गरी आन्दोलनमा उत्रिएका छन् । उनीहरुको आन्दोलनलाई वीर अस्पतालका रेजिडेन्ट डाक्टरले एक्यवद्धता जनाएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com