इन्टरनेट बढी प्रयोग गर्ने बालबालिकाको मानसिक स्वास्थ्यमा खतरा I

एजेन्सी जेठ ७,

इन्टरनेटको बढी प्रयोगले बालबालिकाको मानसिक स्वास्थ्यमा समस्या निम्त्याउने एक अध्ययनले देखाएको छ । बेलायतको सरकारी अनुसन्धानले कम्प्युटरअगाडि बालबालिकाले बिताएका हरेक घण्टाले उनीहरुलाई खतरामा पार्ने देखाएको हो । 

इन्टरनेटको अत्यधिक प्रयोगले बालबालिकामा एक्लै बस्न रुचाउने, डिप्रेसन तथा चिडचिडाहट हुने, आत्मविश्वासमा कमी आउने तथा रिसाउनेजस्ता मानसिक तथा सामाजिक समस्या निम्नते अनुसन्धानको रिपोर्टमा उल्लेख छ । 

जनस्वास्थ्य विभागमा पेश गरिएको सो रिपोर्टमा बेलायतका दशमध्ये एक बालबालिकामा मानसिक समस्या रहेको उल्लेख गरिएको छ । यसको कारक कम्प्युटर र इन्टरनेटलाई मानिएको छ । पब्लिक हेल्थ इङल्याण्डले पनि बालबालिकाले फेसबुकजस्ता सामाजिक सञ्जालमा बिताउने समय र उनीहरुको मानसिक स्वास्थ्यमा स्पष्ट संबन्ध रहेको उल्लेख गरेको छ । 

प्रतिवेदनअनुसार दशमा एक बच्चामा मानसिक समस्या छ भने प्रत्येक तेस्रो किशोरकिशोरीले हप्तामा कम्तीमा एकपटक नराम्रो अनुभव गर्छन् । यस्तै, ७ लाख ५० हजार किशोरकिशोरीले ‘अब बाँच्नुको अर्थ छैन’ भन्ने विश्वास गर्ने गरेको उल्लेख गरेको छ । रिपोर्टका अनुसार सन् २००६ दे िख २०१० सम्ममा कम्प्युटर गेम खेल्ने केटाको संख्या ४२ प्रतिशतबाट बढेर ५५ प्रतिशत भएको िथयो । केटीहरु भने १८ बाट २० प्रतिशतमात्र बढेका थिए । यस्तै, १३ वर्षभन्दा बढी उमेरका किशोरकिशोरीहरु फेसबुक, ट्वीटरमा आबद्ध रहेको पाइएको छ । 

अनलाईनमा मात्र साथी भएकी किशोरीले गरिन् आत्महत्या अनलाइनमा मात्र साथी भएकी तलुल्लाह विल्सन नाम गरेकी किशोरी चलिरहेको रेलमा हामफालेर आत्महत्या गरिन् । ती किशोरी १५ वर्षकै उमेरमा इन्टरनेटको दुव्र्यसनी बनिसकेकी थिइन् । फोटो शेयरिङ वेबसाइटमा भेटिएका साथीहरुलेनै उनलाईआफैंलाई चोट लगाउन प्रेरित गरेका थिए । 

उनलेत्यस्तै तस्वीर वेबसाइटमा पोष्ट गरिन् । तर, जब उनकी आमाले सामाजिक सञ्जालको त्यो अकाउन्ट नै बन्द गर्न दबाब दिइन्, त्यसपछि उनले आफ्नै व्यक्तित्व डिलिट गरिएकोठान्दै आत्महत्याको बाटो रोजिन् । उनलाई लाग्थ्यो –इन्टरनेटवाहेक यथार्थ संसारमा म साथी बनाउन सक्दिन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com