दक्षिण कोरियाको एक अस्पतालमा आगलागी २१ जनाको मृत्यु I

सोल जेष्ठ १५,

दक्षिण कोरियाको छल्ला प्रदेशको जाङसङमा रहेको एक अस्पतालमा आगलागी हुँदा २१ जनाको ज्यान गएको छ ।
योयाङ नामक अस्पतालमा भएको आगलागीमा २० जना बिरामी र १ नर्सको मृत्यु भएको छ। बुधबार बिहान अस्पतालमा आगलागी भएको हो ।

संचार माध्यमका अनुसार अस्पतालको दोश्रो तलाको ३०६ नम्बर बेडबाट आगलागी सुरु भएको हो । अस्पतालमा आगलागी हुन १ मिनेटअघि उपचारमा रहेका ३०६ नम्बर बेडका ८१ बर्षीय बिरामी बाहिर निस्केका थिए ।

आगलागी उनले गराएको आशंकामा उनलाई प्रहरीले अस्पताल परिसरबाट पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । आगलागीमा घाइते भएका मध्ये ५ को अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । अस्पतालमा ३५ बिरामी उपचाररत थिए । एजेन्सि :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com