जन्डिस र हैजाको महामारी रोकिएन १७ को मृत्यु I

काठमाडौं जेष्ठ १५,

गर्मीसँगै चैतको अन्तिम सातादेखि तराइका जिल्लामा फैलिएको सरुवा रोग जन्डिस र हैजाको महामारीको प्रकोप डेढ महिना बितिसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन । मोरङ,रौतहट तथा धनुषामा फैलिएको जन्डिस,झाडापखाला तथा हैजबाट १७ जनाको मृत्यु भइसकेको छ भने तीन हजारभन्दा बढी गम्भिर विरामी परेका छन् ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बैशाखको पहिलो सातादेखि विराटनगरमा फैलिएको जन्डिसको प्रकाप अझै नियन्त्रणमा आइसकेको छैन भने रौतहतको गैडाटारमा देखापरेको हैजाको प्रकोप अहिले पनि नियन्त्रणबाहिर छ । गैडाटारमा हैजाको महामारीका कारण विद्यालयसमेत बन्द छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com