जेष्ठ १७ , भर्जिनिया
विजय थापा :
दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(ए एन ए )ले गत बर्ष सुदुर पश्चिम नेपालको दार्चुलामा आएको अविरल भिषण बर्षाको कारण भएको मानबिय क्षतिलाई आर्थिक सहयोग गर्ने उदेश्यले गरिएको संकलित रकम पाँच लाख रुपैया ३१ औ न्युयोर्क ए एन ए सम्मेलनका प्रमुख संयोजक समिर महर्जन आफै अमेरिकाबाट दार्चुला पुगी एक कार्यक्रम बीच रकम हस्तान्तरण गरेका छन ।
उक्त कार्यक्रममा दार्चुलाका प्रहरी प्रमुख राम पोख्रेल ,प्रमुख जिल्ला अधिकारी बिर्ख बहादुर रावल तथा बिभिन्न आमन्त्रित समुदाय बीच उक्त रकम हस्तान्तरण गरेको महर्जनले बताए । उक्त कार्यक्रममा ए एन ए ले अमेरिकाबाट पनि नेपालको बिकट दार्चुला सम्म आई आफुले परदेशमा दुख गरेर कमाएर र मानव सेवा गर्न मात्री भुमिलाई सम्झी आर्थिक सहयोग गरेकोमा धन्यबाद दिइएको छ ।
महर्जनले ए एन ए बारेमा जानकारी गराएका थिए भने ए एन ए परिवारको तर्फबाट आफु प्रतिनिधित्व गरेको बताउदै सानो सहयोगले ठुलो काम हुन् सक्ने छ भनि विचार व्यक्त गरेका थिए ।
ए एन ए ले बाढी पिडित राहत कोष निर्माण गरेको थियो । सो राहत कोषको लागि आर्थिक सहयोग गर्ने सम्पूर्ण चन्दा दातालाई ए एन ए का अधक्ष्य छेवांग शेर्पालामाले ए एन ए कार्यकारी समिति तथा ए एन ए परिवारको तर्फबाट कृतज्ञता ज्ञापन गरेका छन् र ढिलाई भएकोमा आर्थिक सहयोग गर्ने सम्पूर्ण संग क्षमा मागेका छन् ।
उनले अगाडी भने नेपालमा सम्बन्धित उचित स्थान र सम्बन्धित व्यक्तिले उक्त रकम पाउन भन्ने हेतुले उक्त रकम अमेरिकामा राखिएको र सो को कारण ढिलो भएको बताउदै ३१ औ ए एन ए न्यु योर्क सम्मेलन प्रमुख समिर महर्जन नेपाल जाने भएकोले उक्त रकम वहालाई हस्तान्तरण गरिएको र दार्चुलामा बुझाएर आएकोमा हर्ष ब्यक्त गरेका छन्।