विश्व धूमपानरहित दिवस आज I

काठमान्डू जेष्ठ १७,

विश्व धूमपानरहित दिवस आज विविध चेतनामूलक कार्यक्रमगरि नेपालमा पनि मनाइँदै छ । ‘सूर्तिजन्य पदार्थमा कर बढाऔं, रोग तथा मृत्यु घटाऔं’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ । विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको मे ३१ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

विश्व धूमपानरहित दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले हिजो राजधानीमा गरेको कार्यक्रममा धूमपानका कारण नेपालमा वर्षेनी १५ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । नेपालमा २४ प्रतिशत पुरुष तथा १६ प्रतिशत महिलाले धूमपान गर्ने गरेको बताइएको छ । सो अवसरमा स्वास्थ्यमन्त्री खगराज अधिकारीले धूमपानरहित समाज निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सूर्तिजन्य पदार्थको प्रयोग कम गराउन भूमिका निर्वाह गरेको भन्दै उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँलाई सम्मान गरिएको थियो । धूमपानका कारण नेपालमा वर्षेनी १५ हजार जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक गरिएको छ । विश्व धूमपानरहित दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य मन्त्रालयले आज राजधानीमा गरेको कार्यक्रममा नेपालमा २४ प्रतिशत पुरुष तथा १६ प्रतिशत महिलाले धूमपान गर्ने गरेको बताइयो ।

सो अवसरमा स्वास्थ्यमन्त्री खगराज अधिकारीले धूमपानरहित समाज निर्माणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा सूर्तिजन्य पदार्थको प्रयोग कम गराउन भूमिका निर्वाह गरेको भन्दै उपभोक्त हित संरक्षण मञ्चका ज्योति बानियाँलाई सम्मान गरिएको थियो । NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com