एमाले उम्मेदवार रावल जनताको घरदैलोमा I

चितवन १६ जेठ

शिशिर सिंखडा : चितवन क्षेत्र नम्वर ४ मा आगामी असार ८ गते हुने उप निर्वाचनको लागि नेकपा एमालले चुनावी कार्यक्रमलाई तीब्र पारेको छ । 

उम्मेदवारी दर्ता गरे लगतै चुनावी अभियान थालेको एमालले अहिले सो क्षेत्रमा प्रचार प्रसारको लागि सम्पर्क कार्यालय उद्घाटन संगै निर्वाचन जित्ने रणनीतिक कार्यक्रम गरिरहेको छ । 

 चुनावी अभियान अन्र्तगत आज शिवनगरमा गाविस स्तर ीय सम्पर्क कार्यालयको स्थापना गरिएको छ । सो कार्यालयको एमालेका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य विजय सुवेदीले उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा वोल्दै एमाले उम्मेदवार पार्वती रावलले यस क्षेत्रका जनताको हरे क सुख दुखमा आफु साथ साथ रहेकोले यस पटकको निर्वाचनमा आफु विजयी हुने निश्चित र हेको बताउनुभयो । 

उहाँले निर्वाचन जिते संविधान निर्माण संगै चितवन ४ का जनताले अनुभूति गर्ने गरी विकासका पूर्वाधार निर्माणको काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यालय उद्घाटन लगतै शिवनगर–७ मा रहेको विश्वज्योति दलीत समुहमा समेत अन्र्तक्रिया गरिएको थियो । समुहकी अध्यक्ष शुष्मिता विकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य यदुनाथ पोखरेल,शिवनगर गाउ कमिटी अध्यक्ष हरिकृष्ण गुरुङ,उम्मे दवार पार्वती रावल लगायतले मन्तव्य राख्नुभएको थियो । 

अन्र्तक्रिया पछि उम्मेदवार सहितको टोलीले शिवनगरका सबै वडामा घरदैलो गरेको थियो । घरदैलोको क्रममा उम्मेदवार र ावलले जनताको समस्या बुझने र आफना कुरा राख्ने काम गर्नुभएको एमाले चितवनका प्र चार विभाग प्रमुख अरुण पिडित भण्डारीले जानकारी दिनुभयो । 

घरदैलो कार्यक्रम अन्र्तगत आज शिवनगर बजार,गुरुङ टोल,राधापुर,शान्तिपुर,भगवानपुर,सुर्यनगर लगायतका क्षेत्रमा घर घर मा पुगी एमालेका कार्यकर्ताहरुले सुर्यमा मतदान गरि एमाले उम्मेदवार रावललाई विजयी गर ाउन आग्रह गरेका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com