३२ औ ए एन ए डिसी सम्मेलनको दर्ता (रजिस्ट्रेसन )शुभारम्भ I

भर्जिनिया बैशाख २० ,

विजय थापा : अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ को सेरोफेरोमा ३१ बर्ष देखि निरन्तर बार्षिक सम्मेलन गर्दै आई रहेको नेपालीहरुको साझा संस्था दि एशोसिएसन अफ नेप्लिज इन (ए एन ए )को ३२ औ ए एन ए सम्मेलनको दर्ता प्रक्रिया सुरुवात भएको छ ।

३२ औ ए एन ए सम्मेलनको नारा " अमेरिकामा नेपालीमन वाशिंगटन डिसीमा ए एन ए सम्मेलन '' भन्ने नारा तय गरिएको छ भने यस सम्मेलनको लागि प्रतिक चिन्ह (लोगो )पनि निर्माण गरिएको छ l ३२ औ ए एन ए सम्मेलन​ ​​अमेरिकाको डिसी महानगर क्षेत्रमा यहि ४ देखि ६ सम्म शेराटन होटल प्रिमियरमा हुने भएको छ । ३२ औ ए एन ए सम्मेलनको अधिकारिक संजाल (वेब) www.anadcconvention2014.org निर्माण गरि संचालनमा ल्याई सकेको छ ।

जुलाई ४- ६ तीन दिन सम्म चल्ने ३२ औ ए एन ए सम्मेलनको लागि सहभागी हुने सम्पूर्णलाई अग्रिम रुपमा दर्ता गर्न र केहि छुट प्राप्त गर्न आग्रह गरिएको छ । सम्मेलन सम्बन्धि बिस्तृत जानकारीको लागि ३२ औ सम्मेलन संजाल www.anadcconvention2014.org हेर्न हुन् आग्रह गर्दै प्रारम्भिक चरणमा सम्मेलन संजाल संचालनमा ल्याईएकोले निरन्तर रुपमा थप जानकारी गराईने सम्मेलन सूचना प्रबिधि संयोजक राजु जोशीले बताएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com