मन्दाक्रान्ता छन्द को कविता I


मन्दाक्रान्ता छन्द को कविता , ,

ज्वालामुखि विहग मन यो विश्व व्रम्हाण्ड हेर्दै ।
 शान्तिकामी भ्रमित बटुवा तुल्य सङ्ज्ञान भर्दै ।
 बाँच्ने आशातीत भय बने दैव दूर्भाग्य ठानी ।
 वस्छु भावातीत प्रकृति हो शून्य शोपान जानी ॥

 सानो वाटो घनवनमहाँ एक्लो यात्री साँझ ।
 घेरा वन्छन् घनजनहरु जीवकै श्रृष्टि माझ ।
 आफ्नो बाटो दुख र शुखको सङ्गति को हुने र ।
 साँच्चै माटो शरीर अरुको हुन्छ के के सुनेर ॥

 नाता मात्रै प्रकृति सितको शुद्ध हो सत्य ज्ञान ।
 त्यस्तै नाता जीव र इशको एक सूत्रै समान ।
 यात्रा भित्रै मन विटुलिये लक्षदृष्टी नफ्याकी ।
 पस्ने भावातीत प्रवृतिमा साधना क्यै नत्यागी ॥

निशा खनाल अर्याल
इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com