युवतीको बलात्कारपछि हत्या I

 काठमान्डू बैशाख २९,

महोत्तरीको गौरीवास २ मा रहेको रातामाटा पानी खोल्सी सामुदायिक वनमा हत्या गरेर फ्याँकेको अवस्थामा एक युवतीको शव फेला परेको छ । शवको सनाखत हुन सकेको छैन ।

सामुदायिक वनको पिकनिक पार्कमा आइतबार अन्दाजी २५ वर्षकी युवतीको शव भेटिएको हो । निलो रंगको ब्लाउज र हरियो रंगको साडी लगाएकी युवतीको बाँया हातमा संजीव राम र इन्द्रकला लेखिएको ट्याटु छ । युवतीलाई अन्तै बलात्कारपछि हत्या गरेर जंगलमा ल्याई फ्याँकेको प्रहरीले आशंका गरेको छ ।

पार्कमा गएका मानिसहरुले आइतबार विहान ११ बजे युवतीको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । युवतीको शव परीक्षणको लागि अञ्चल अस्पताल जनकपुर लगिएको इलाका प्रहरी कार्यालय बर्दिवासका डिएसपी हरीप्रसाद शर्माले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेर पिकनिक पार्कमा ल्याएर फ्याँकेको जस्तो देखिएको अञ्चल प्रहरी कार्यालय जनकपुरका बरिष्ठ प्रहरी उपरीक्षक शिव लामिछानेले बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com