गजल : By, गोबिन्द प्र तिवारी


गजल :

तिम्रो मेरो सपनाको एउटा सुन्दर संसार होस्
 चोखोमाया एकर्कामा जिबन जिउने आधार होस्

नउम्रियोस काडा कतै हाम्रो प्रेमको फुलबारीमा
 मात्र केबल सधैंभरी फुलैफुलको बजार  होस्

देख्नेहरु डाह गरुन हामी दुइको जोडी देखी
 लैला मज्नु भन्दापनि अझै प्रगाढ पियार होस्

ढुकढुकीको चाल सङ्गै दुई मुटुकै धड्कनमा
 रगत सङ्गै घोलिएर चोखोप्रित संचार होस्

घ्रीणा द्वेस रिश राग लिलामिमा परोस सबै
 माया ममता स्नेहको मात्र खुल्ला ब्यापार  होस्

छुट्टीएर एकपल पनि तिमी देखी टाढा हुँदा
 आँखाभरी तिम्रै तस्बिर सधैंसधैं यादगार होस्
 
धन सम्पती केही चाइन्न मात्र तिम्रो साथ पाउ
 जिन्दगीमा  केबल एउटा यही सपना साकार होस्

गोबिन्द प्र तिवारी
 दमक नगरपालिका - १५, झापा नेपाल
 हाल बसोबास : आबुधाबी ( यु ए ई ) मुसाफा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com