गजल : By, टिका खड्का (राष्ट्रप्रेमी)



गजल:

चिटिक्क छ घर हाम्रो खरको छानो छ 
बरण्डामा लाग्छ घाम साह्रै न्यानो छ 
.
सबै भन्छन् ठुलो दादा साह्रै ज्ञानी रे ,
म त एक्ली प्यारी छोरी भाइ त सानो छ 
.
गृहकार्य गर्नुपर्ने कति धेरै हो,
अहो ! कापी बाँकी अब एउटै पानो छ 
.
गाई भैंसी बाख्रा प्यारा राम्रो खरायो,
माले गोरु हान्ने भयो झुले कानो छ 
.
खेलौं साथी मिलीजुली आज विदा हो ,
ढुंगाकाछन् भाँडाकुँडा टिनको मानो छ 
.
टिका खड्का (राष्ट्रप्रेमी)
मधुमल्ला-४
मोरंग ,

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com