डण्डीफोरजस्तै देखिनै छाला क्यान्सरका I

जेठ ८,

हामी सामान्यतः डण्डीफोरलाई त्यति वास्ता गर्दैनौं । डण्डीफोर वयस्कको संकेतका रुपमा विश्वास गर्ने चलन छ । तर, डण्डीफोरजस्तै देखिनै ‘मेलानोमा’ नामको छालाको क्यान्सरका कारण अष्ट्रेलियामा बर्सेनि सयौं मानिसको ज्यान जाने गरेको छ । 

समयमै पहिचान गर्न नसकिए मेलानोमाको अन्य रुपबाट भन्दा यसबाट मृत्यु हुने सम्भावना ६ गुणा बढी हुने बताइएको छ । नोडुलर मेलानोमा छालामा रातो डण्डीफोरजस्तै देखिन्छ, यहीकारण अनुभवी डाक्टर पनि तिनलाई खतरारहित अन्य प्रकारका क्यान्सर अथवा सामान्य डण्डीफोर भनी झुक्किन्छन् । तर, यो क्यान्सर अरुभन्दा फरक के कुरामा हुन्छ भने, यसलाई सामान्य डण्डीफोरजस्तो छोएर थाहा पाउन सकिदैंन । 

मेलवर्नमा आयोजित अष्ट्रेलेसियन कलेज अफ डर्माटोलोजिष्टमा वक्ताका रुपमा रहेका प्राध्यापक जोन केलीले भने, ‘नोडुलर मेलानोमालाई दुइृ महिनाभित्र पहिचान गर्नुपर्छ ।’ मेलानोमा क्यान्सरका कारण अष्टे«लियामा बर्सेनि ५ सय ५० जनाको मृत्यु हुने गरेको छ । 

यो अष्ट्रेलियामा क्यान्सरको चौथो ठुलो समस्या बनेको छ । यो पुरुषमा भन्दा महिलामा बढी देखिने गरेको छ । खासगरी, सूर्यबाट उत्पन्न हुने परावैजनी किरणका कारण मेलानोमा क्यान्सर हुने बताइएको छ ।एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com