तिगेलाद्धारा १ लाख ८७ हजार सहयोग विद्यालय ब्यवस्थापनमा मनोनित I

 धनकुटा बैशाख २५,

लक्ष्मी सुब्बा : साहित्यकार विश्वास दीप तिगेलाले आफूले अध्ययन गरेको विद्यालयलाई १ लाख ८७ हजार सहयोग गरेका छन् । 

श्री भारती उच्च माध्यमिक विद्यालय छथर हात्तिखर्क ६, धनकुटाको हिरक जयन्ति समारोहमा विद्यालय ब्यवस्थापन समितिले सहयोगदाता तिगेलालाई प्रसंसापत्र प्रदान गरेको छ । साथै, शिक्षा नियमावली अनुसार दाताहरु मध्येबाट निजलाई विद्यालय ब्यवस्थापन समितिमा ३ बर्षको लागि मनोनयन पनि गरेको छ । 

तिगेलाले उच्च माध्यामिक संचालनार्थ नगद रु ५० हजार र विद्यालयको खेलकुद मैदानको लागि विद्यालय संगै जोडिएको जग्गालाई खेलकुद मैदानको लागि विद्यालयकै अनुरोधमा रु १ लाख ३७ हजार ८ सयमा खरिद गरी १ रोपनी ५ आना जग्गा विद्यालयलाई प्रदान गरेको हो । 

पहिलाको खेलकुद मैदानमा नयाँ भवनहरु बनेपछि लामो समय देखि खेलमैदानको अभाव थियो । तिगेला हाल बेलायतमा सेवारत छन् । उनले सिरीजङ्गा प्राथमिक विद्यालय हात्तिखर्कको भवन निर्माणको लागि र शारदा प्राथमिक विद्यालयलाई कम्पियुटर र खेलकुदको सामानहरु प्रदान गर्दै आएका छन् । 

 तिगेलाको अनुउपस्थितीमा आफन्तलाई सम्मानपत्र हस्तान्तरण गरिन्दै । पूनश्चः प्रमाणपत्रमा १ लाख ३५ हजारमात्र उल्लेख गरिएको छ । जग्गा खरिदमा राजस्व शुल्क जोड्दा अलि बढि भएको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com