"गजल"
पीडाहरु कति कति मन,भित्र दबाई ,
कहाँ त्रुटी भयो भनि ,विचार्छु सधै,
पिरोल्दै हिर्द्य भित्र चोट,,पर्न जादा,
लम्क्क लम्क्क गर्दै पाईला ,घिसार्छु सधै ,
मनको खोटो भाग्यलाई दोष ,आफै दिदै,
लाचार तिनै जीवन मेरो ,थिचार्छु सधै ,
निर्दयी त्यो अपांग जस्तै, सधैको लाचार ,
आफ्नै भाग्य हिजो आज,निचार्छु सधै,
कसले भन्छ जीवनमा त्रुटी,गरिन कहिलै,?
त्यस्ता घमण्डीलाई म त् ! धिकार्छु सधै ,
निशा खनाल अर्याल ,: