गजल : By, निशा खनाल अर्याल


''गजल "
 " पढे बढे अरु जस्तै ,जन्मिए यही लोकमा,
चाले पाईला सुस्त सुस्त ,घिसारिदै यो जगमा,

मन भित्र पसेको त्यो ,चोट कसरी पचाउ ,
ढल्दै जादैछ दिनहरु त्यो,गुजारिदै यो जगमा

 निर्दयी छौ कि कतै ? गल्दैछ शरीर यो ,
डुबाउछौ कि?एक्लो बनाउछौ? उघारिदै यो जगमा ,

समाले सधै विपत्तिमा तिमीलाई, चुकेकी कर्म गर्न ?
पचाउन गार्हो भयो आज ,स्वीकारिर्दै यो जगमा ,

कुनै त्रुटी गरे कि ? घुर्काउछौ सधै तिमी ,
सताउछौ किन घरि घरि ,बटारिदै यो जगमा ,

रमाउदैछौ रे तिमी एक्लो ,मस्त भइ त्यहा ,
पाएयौ कि माया कतै? मडारिदै यो जगमा ,"

निशा खनाल अर्याल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com