अस्वस्थ्यकर भारतीय आँप राजधानीमा छ्यापछ्यापती I

काठमाडौं जेष्ठ ९,

मानव स्वास्थ्यको लागि अत्यन्तै हानिकारक कार्वाइड प्रयोग गरेर पकाइएको आँप राजधानीका बजारमा छ्यापछ्यापती बिक्रीवितरण भइरहेको फेला परेको छ । कुलेश्वर, कालीमाटी तथा बल्खुको फलफूलका गोदामहरुमा अघिल्लो रात कार्बाइड प्रयोग गरी पकाएका आँपहरु बिहान बिक्रीको लागि बजार लैजाने गरेको फेला परेको हो । 

बिहीबार बिहान कुलेश्वरबाट साइकलमा आँप बिक्रीको लागि बजार निस्कँदै गरेका भारत पटियानी घर भएका मोहम्मद मिजुलले आँपमा विषादी हालेर पकाइने गरेको स्वीकार गरेको छ । उनले भने,’हामीले पनि खरिद गरेर लैजाने हो सर, बिहान साइकलमा लोड गर्दासम्म त तातो नै हुन्छ । कार्बाइड नहाली त तातो हुँदैन ।’ मिजुल मात्रै होइन, बजारमा आँप बिक्री गर्ने बिक्रेताहरु झिसमिसेमै आँपको गोदाममा पुग्छन्, तातो, तातो आँप लोड गर्छन र बजारतिर दौडाउँछन् । 

तातो हुनुको अर्थ कार्बाइड प्रयोग गरेर पकाइएको भन्ने प्रमाणित हुन्छ । कार्बाइडबाट उत्पादन हुने एसिटिलिन (क प्रकारको ग्यास)ले काँचो फलफूल एकै रातमा पकाउन सक्छ । युरोपमा भारतीय आँप प्रतिवबन्ध युरोपियन युनियनले अत्यधिक कार्बाइड प्रयोग गरिएका कारण भारतीय आँपमाथि प्रतिबन्ध लगाएको छ । गत मे १ गतेबाट लागू हुने गरी आगामी २०१५ मे १ तारिखसम्मको लागि भारतीय आँप प्रतिबन्ध लगाइएको छ । (आर्थिक दैनिक)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com