कविता ' शान ' : By, निशा खनाल अर्याल
'' अर्काको शान "कविता
"अर्काको चीज असहज र,
कति राम्रो देखिन्छ ,
जति नै सस्तो वा दामी भएपनि....
भोकले प्यासको भोगलाई,
विलाइ दिन्छ त्यो बेला किन हो?..
दूर्वाच्यले अम्रित दिए पनि !
तिम्रै याद भित्र सधै नै,
बाच्ने मन अतृप्त थियो ,
शिशा भन्दा झन धेरै ,
चस चस चर्कियो किन हो ?
मुटुका माझैमा ।
टाढै भए नि हेर्दै हाँस्दै ,
रमाउने तिमीसंग मन थियो,
जाली रुमाल धोए झै ...
निथ्रुक्क भै दियो किन हो ?
रुन्छ मन साँझमा ।
तिमी फुल्यौ कस्को मन छाउदै ?
म त फुलें पापी रुख झैँ ,
धमिराले किन हो कुन्नि ?
खाएको त्यो खोक्रो बाँझमा ,!
निराशाले वेचैन भरेर कुरी बसेँ ,
तिम्रै बाटो हेर्दै त्रिषित त्यो आखा,
बर्षी रहे वर्षा झैँ किन हो कुन्नि ?
दोमनका साँधमा /
तर पनि ....!
मन त सधै पाकी रहन्छ,
भकभकी किन हो?
अभौतिक सम्पन्नता भित्र पनि,
गुण विलिन भै रिक्तता तिर लम्किए
असामन्जस्यताले वास गर्न खोज्दा
कुरै सहि भए पनि !
म त वेदोड दौडने मान्छे पो त् !
नमस्कार छाडि दिन्छु...!
फुकि फुकि पाईला चाल्नेहरुलाई...
सधै सतर्क भएको बेला किन हो कुन्नि ?
दरिलो प्रमाण भिडाउन अघि सर्छु..,..!
सरी भन्दै घोची घोची हाँस्नेहरुलाई....!
आगो भरिएको छाति भित्र क्षितिजको,
घनघोर वर्षाकोले निभाउन के सक्ला र ?
व्यस्तता माथिको प्रोढ ,
अन्धकारमा.किन हो कुन्नि ?
कलिलो जुनेली प्रकाश कहाँ सुहाउला र ?
निशा खनाल अर्याल
इज़रायल ,