‘क्राउचिङ टाइगर हिडन ड्रागन'को प्रिक्वेल बन्ने I

चीन  बैशाख ९,

अस्कर विजेता फिल्म ‘क्राउचिङ टाइगर हिडन ड्रागन'को प्रिक्वेल (अघिल्लो शृंखला) बन्ने भएको छ। यसले ७३ औं अस्करका १० विधामा मनोनीत भई उत्कृष्ट विदेशी भाषाको फिल्म, छायांकन, कला निर्देशन र संगीत विधामा अवार्ड जितेको थियो। 

सन् २००० मा रिलिज भएको फिल्म चीनमा सर्वाधिक कमाउने फिल्मको रुपमा स्थापित छ। चिनिया लेखक वाङ दुलुको उपन्यासमा आधारित फिल्मको नाम ‘द ग्रिन डेस्टिनी' राखिएको छ। जुलाईबाट सुरु हुने फिल्को सुटिङ चीनसँगै न्युजिल्यान्डमा हुनेछ। फिल्ममा मिचेल यो र डोनी येनले आ–आफ्ना भूमिकालाई निरन्तरता दिने टुंगो लागे पनि फिल्मका निर्देशक आङ ली भने प्रिक्वेलका निर्देशक नरहने भएका छन्। 

‘क्राउचिङ टाइगर हिडन ड्रागन'मा मार्सल आर्ट एक्सन कोरियोग्राफरको भूमिका निर्वाह गरेका युन वो पिङले फिल्मको निर्देशन गर्ने भएका छन्। प्रिक्वेलमा नयाँ जमानाको प्रेमकथा समावेश रहने पटकथा लेखक जोन फुस्कोले बताएका छन्। ‘अघिल्लो फिल्ममा झैं असल र खराबबीचको द्वन्द्वलाई फरक ढंगले देखाउने प्रयास गर्नेछौं,' फुस्कोले भनेका छन्। एजेन्सी :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com