गीत :
मेरो देशको चर्चा चल्छ बिस्व भरि जता-तता
पहाड हो छाती साथी शीर हो देशको सगरमाथा
जलश्रोत र हरियालीको मेरै नेपाल देश हो धनि
चिनेका छन् बुझेका छन् बिस्वमा नै जसले पनि
मेरो पनि तिम्रो पनि नेपाल नै हो जन्म दाता
पहाड हो छाती साथी शीर हो देशको सगरमाथा
मेरै देशमा बिस्व भरको मान्छे सबै आउने गर्छ
कस्तो सुन्दर नेपाल भन्दै सबैले गीत गाउने गर्छ
न टुटाउँछ नेपालले कसैसंग आत्मियता
पहाड हो छाती साथी शीर हो देशको सगरमाथा
पूर्ण गुरुङ
ओखलढुंगा