भर्जिनिया बैशाख ९,
बिजय थापा : बाल्टिमोर एसोसिएसन अफ नेप्लिज ईन अमेरिका (बाना )को आयोजनामा नया बर्ष शुभकामना सांगीतिक साँझमा कलाकारलाई सम्मान गरिनुको साथै आर्थिक सहयोग प्रदान गर्दै कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
नेपाली दुतावासका Charge de' Affairs / कार्यबाहक राजदुत श्री ऋषीराम घिमिरे प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पप गायक ओम बिक्रम बिष्ट , अमेरिका भर्खर आएका नेपालका ख्याती प्राप्त कलाकार ऊज्जु डार्लिंग तथा रश्मि खरेललाई सम्मान गरिएको थियो । स्थापना काल देखि नै नया बर्षमा शुभकामना आदान प्रदान गर्दै आएको बानाका अधक्ष्य विजय श्रेष्ठले बताए भने बाल्टिमोरमा लामो समय देखि बसोबास गर्दै आएका गायक सन्जिब प्रधानको नयाँ एल्बम "पाठशाला" को बिमोचन पनि गरिएको छ ।
अध्यक्ष श्रेष्ठले बाल्टिमोरमा स्थापना गरिएको नेपाली सामुदायिक केन्द्रको चर्चा गर्दै भवनलाई पूर्ण गर्न सहयोग अपरिहार्य रहेकोले हुनाले समुदायलाई आग्रह गर्दै नया बर्ष २०७१ को शुभकामना दिएका थिए ।
उक्त सांगीतिक साँझमा चिर परिचित ख्याती प्राप्त गायक तथा गायिका सन्जिब प्रधान ,सरिश्मा अमात्य ,नेपालका पप सम्राट ओम बिक्रम बिष्टका गीतले दर्शकलाई भरपुर मनोरंजन प्रदान गरेको थियो । न्युयोर्ककि यशोदा खालिंग ,स्थानीय प्रतिभाशाली कलाकार कृति ज्ञवाली तथा बोस्टन देखी आएकी रेश्मी खरेलको नृत्यले वातावरण तताएको थियो भने उज्जु डारलिङ्गको प्रस्तुति बेजोड रहनुको साथै अन्य स्थानीय कलाकारहरुले पनि प्रतिभा प्रस्तुत गरेका थिए ।
बोस्टनकि रेश्मी खरेलको लागि झन्डै ३ लाख नेपाली रुपैया बराबरको आर्थिक संकलन $ तीन हजार १ सय पचास (डलर ) संकलन गरिएको थियो भने उक्त रकम बानाका अध्यक्ष बिजय श्रेष्टले रेशमी खरेललाई हस्तान्तरण गरेका थिए ।