सोनीले इछिन्यो एपल I

मुम्बई चैत्र २३,

मोबाइल सेटको बजारमा दोस्रो स्थानमा एप्पललाई सोनीले उछिनेको छ । बजारको सबैभन्दा ठूलो हिस्सा भने सामसुङकै हातमा छ । सोनीले १० देखि २० हजार रुपैयाँ मूल्यका उत्पादनमा गरेको वृद्धि र बजार प्रवर्द्धनमा ३ अर्ब रुपैयाँ हाराहारीमा खर्च गरेपछि हिस्सा बढेको हो । 

आईडीसी नामक संस्थाले गरेको अध्ययनअनुसार जापानिज इलेक्ट्रोनिक कम्पनी सोनीले भारतीय स्मार्टफोनको बजारमा आफ्नो हिस्सा ९ दशमलव १ प्रतिशत पुर्‍याएको छ । यही समय एप्पलको हिस्सा ७ प्रतिशतमा समिति भएको थियो । बजारको सबैभन्दा ठूलो खेलाडी सामसङको हिस्सा भने ४३ प्रतिशत छ । 
भारतमा एप्पलले आइफोन ४ लाई बिक्री नगरेपछि २० हजार रुपैयाँ हाराहारी मूल्यको स्थानमा उसले प्रतिस्पर्धा गर्न नसकेको विश्लेषक बताउँछन् । आइफोन ५ का संस्करण भने मूल्यका कारण धेरै प्रतिस्पर्धी छैनन् । 'स्मार्ट फोनमा जापान पछि ठूलो फड्को मारेको मुलुक भारत हो,' सोनी इन्डियाका कार्यकारी निर्देशक केनिचिरो हीबीले भने । एजेन्स :

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com