सर्लाही चैत्र २२,
नेत्रगंज गाविसको पाँचकुमारी स्थित नेपाली सेनाको रिपुमर्दन गणमा खुलेको सैन्य (सैनिक जवान) पदमा भर्ना हुन आएका युवतीहरुको परीक्षण गरिंदै ।
सेनामा भर्ना हुन फारम भरेका एकसय ७२ जना महिलाहरुको शुक्रबार प्रि–मेडिकल र बेरिङ परिक्षण गरिएको गणका गणपति मनोज वैदवारले बताए । महिला समावेशीतर्फ १३ जनासहित जम्मा एकसय ५० जना सैन्य (सैनिक जवान) र ६ जना नाउ (कपाल काट्ने) मा भर्ना खुलेकामा एकसय ७२ जना महिला सहित जम्मा एकहजार तीनसय १७ जनाले आवेदन दिएका छन् ।
सर्लाही सहित तराईका विभिन्न जिल्लाबाट मधेशी समुदायका महिलाहरुले समेत आवेदन दिएको गणले जनाएको छ । गणपति वैदवारका अनुसार शुक्रबारसम्म प्रि–मेडिकल र वेरिङ परीक्षण सम्पन्न भएको र त्यसमा उत्तीर्ण हुनेहरुको आइतबारदेखि फिजिकल (शारीरिक क्षमता) परीक्षण हुनेछ ।
तस्वीर- टंकबहादुर क्षेत्री (सर्लाही दैनिक)