तीन महिनादेखि बेपत्ता युवतीको शव नदी किनारमा भेटियो I

 काठमान्डू चैत्र २२,

तीन महिनादेखि बेपत्ता भएकी एक युवतीको शव शुक्रबार कालीगण्डकी नदी किनारमा फेला परेको छ । पर्वतको शङ्करपोखरी गाविस–९ की २२ वर्षीया विमला सुवेदीको शव पाङराङ गाविस–७ कालीगण्डकी नदीमा भेटिएको हो । 

सुवेदी गत माघ २ गतेदेखि बेपत्ता भएकी थिइन् । कालीगण्डकी नदीमा ढुङ्गाको बीचमा सडेगलेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ । सुवेदीको मृत्युको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । यता घरपरिवारले दाइजोको निहुँमा पटकपटक यातना दिँदै आएका कारण उनी बेपत्ता भएको आरोप माइती पक्षले लगाउँदै आएका छन् । 

विसं २०६९ मङ्सिरमा शङ्करपोखरीका रुद्रप्रसाद च्वाईसँग विवाह भएको थियो । विवाहपछि ससुरा दुर्गादत्तले दाँइजोको निहुँमा निरन्तर मानसिक यातना दिँदै आएको आरोप माइती पक्षको छ । विमलाले बेपत्ता हुने दिन बिहान आफन्त र साथीलाई आफ्नो अन्तिम सन्देश भन्दै मोबाइलबाट म्यासेज पठाएकी थिइन् । (नेपालब्रिटेन) 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com