तेल अभिव (इज़राय्ल) बैशख ९,
नारीदर्पण : इज़रायलमा फेरी अर्को नेपाली चेली माथि बिपत परेको छ । तेल अभिव ओरयाहुदामा कार्यरत सुशिला थापा बोगटीले नियमित कार्यमा लापरवाही गरेको , एम्प्लोयेरलाइ समय समयमा कुट्ने प्रयास गरे र लडाएको आरोपमा सुशीलालाई उनले केयर गर्ने बुढी (इम्प्लोयेर) को छोरी र छोराले तत्काल प्रहरी अनुसन्धानमा बुझाएको उनको एजेन्सी (अनाथ) प्राप्त द्वारा जानकारीलाइ उद्घृत गर्दै इज़रायल का लागि नेपाली राज्धुताबसका उपनियोग श्री खड्ग प्रसाद दाहालले नारिदर्पण संगको टेलिफोन सम्पर्कमा जानकारी दिनु भयो ।
नेपालमा स्याङ्गजा स्थाई घर भएको थापा बैदेशिक रोजगारको सिलसिलामा बिगत ५ बर्ष देखि इज़रायल मा केयर गिभर कार्य गर्दै आएकी छिन । उनि आए देखि नै निरन्तर सोहि घरमा कार्यरत छिन पछिल्लो समय उनि बढी झर्कने , मुख लाग्ने र इम्प्लोयेरलाइ आक्रमण गर्ने गरेको उनि माथि आरोप छ । आइतबार नुहाइदिने क्रममा इम्प्लोयेर (बुढी मान्छे) लड्न पुगेको र अहिले उनको अस्पतालमा उपचार भैरहेको स्रोतले जनाएको छ । अहिले तत्काल सुशीलाको इम्प्लोयेरले फोन गर्दा पनि कुनै प्रतिउत्तर नदिएको अबस्था छ । बृद्धा मान्छे अपस्ताल मा भएकोले घरमा फोन उठ्दैन उनको छोरीले कसैको कल रिसिभ गरेकी छैनन् तसर्थ सुशीलाको एजेन्सी मार्फत उनको इम्प्लोयेरले गरेको गुनासो मात्र अहिले बेसिक आधार छ ।
अहिले सुशीलालाई कसैले भेटेको अबस्था छैन तसर्थ अझै सत्य तथ्य के हो ? यसै भनि हाल्न सकिने स्थिति भने छैन । २१ तरी सोमबार इज़रायलमा पेसाख पर्वको अन्तिम दिन भएकोले यो समाचार बाहिर आउन सकेन मंगलबार सबै तिर छरिएको यस समाचारले फेरी अर्को चिन्ता बढाएको छ । दोषी छिन वा निर्दोष यसको लागि पीडित (सुशिला) परिवार (इम्प्लोयेर) प्रहरी र एजेन्सी तिनै पक्ष सँग सम्बन्धित विषयमा गहिरिएर बुझ्नु आबस्यक छ र त्यो भैरहेको पनि छ आशा गरौँ राम्रो नाजिताको ।