गजल :
नारी मित्रहरू ! कम्मर कस्नु भाको छ कि छैन ?
लड्ने बेला त आजै हो बुझ्नु भाको छ कि छैन ?
महिला दमन उत्पिडनका कुरा गर्ने साथीहरू
महिला मुक्तिको बाटो चुन्नु भाको छ कि छैन ?
स्वतन्त्रता आफैं आउँदैन ईतिहास साक्षी छ
आन्दोलनको खाका बुन्नु भाको छ कि छैन ?
लैंगिक समानताको आवाज उठाउनुस् हजुर
संविधानमा लेखाउन सोच्नु भाको छ कि छैन ?
पुर्पुरोमा हात राखी भोली फेरी रूनु पर्ला है
लड्ने बेला त आजै हो बुझ्नु भाको छ कि छैन ?
यात्री लिम्बु
ज़रायल