रामपुरमा वायोम्याट्रिक्सको कक्षा ः प्राध्यापकहरु सिक्दै I

रामपुर, चितवन चैत्र २९,

अनन्तप्रकाश सुवेदी : कृषि तथा वन विश्वविद्यालय अन्तर्गत निरन्तर शिक्षा केन्द्र आयोजना तथा विनरक इटरनेशनलको सहयोगमा एक हप्ते वायोमेट्रिकको तालिम रामपुरमा जारी र हेको छ । 

कृषि तथा वन विज्ञान विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय, नार्क, हिकाष्ट लगायतका ३० जना प्राध्यापक तथा कृषि वैज्ञानिकहरुलाई दिइदैगरिएको सो तालिकका विज्ञ संयुक्त राज्यको नर्थन एरिजोना विश्वविद्यालयका बायोमेट्रिक्स विज्ञ डा. एण्ड्रीउ सान्सेस मेडर रहेका छन् । 

चैत्र २५ गते देखिन् सुरु भएको सो तालिम बैशाख २ गते समापन हुने बताउनुहुँदै निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा प्रा. डा. मोहन शर्माले सो तालिम प्राप्त गरेपश्चात विश्वविद्यालय र नार्क जस्ता क्षेत्रमा कार्यरतहरुलाई अध्ययन अनुसन्धानमा धेरै फाइदा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ने पालका वैज्ञानिकहरु तथ्यांक खेलाउनमा कमजोर भएकाले नै अनुसन्धानमा पछि परेको वहाँको कथन थियो । 

कार्यक्रमका श्रोत व्यक्ति डा. एण्ड्रीउले तालिममा सिकाइएको आर प्याके ज विश्वमा नै उत्कृष्ट तथ्यांक सम्बन्धि प्याकेज रहेको र सो सर्वसुलभ पनि भएकाले अति नै उपयोगि देखिएकाले विश्वमा नै यसको व्यापक प्रयोग बढे को र आफ्नो विश्वविद्यालयमा अधिकांशले यो प्याकेज नै प्रयोग गर्ने गरेको बताए । कार्यक्रममा सहभागि प्रशिक्षार्थिहरुले यसलाई बहुत उपयोगि ठानेका र निर न्तर शिक्षा केन्द्रले यस्ता तालिमहरु समय समयमा गराइराख्नुपर्नेमा जोड दिएका छन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com