कुवेतमा चैत्र २९,
तारा पौडेल : अन्तराष्ट्रिय मजदुर दिवस कुवेतमा पनि भव्यतापूर्वक सम्पन्न गर्न अखिल नेपाल ट्रेड युनियन निकट अखिल नेपाल मजदुर संघ कुबेतले जनाएको छ । मजदूरवर्गले आर्थिक क्रान्ति मार्फत देशको राज्य परिवर्तन चाहन्छ ।
संघका संरक्षक कुमार झापालीका अनुसार मई २ तारिकका दिन उक्त दिवस कुवेतको जीलिप स्थित ह्दम हलमा सम्पन्न हुने बातएका छन ।
श्रम वेचेर खाने श्रमिक मजदूरवर्ग र अर्को श्रम किन्ने पूँजीपति वर्ग बिच विश्वका थुप्रै देशहरुमा मजदूर आन्दोलनहरु भएका छन् ।
आठ घण्टे कार्यदिन, महिला श्रमिकहरुको लागि समान कामको समान ज्याला र राम्रो वासस्थानको व्यवस्था आदिको माग राखेर आन्दोलनको शुरुवात गरेका थिए । मजदुरहरुको काम र ज्याला सम्बन्धी महत्व राख्न्ने मजदुर दिवस मे १ लाई संसार भरीका मजदुर संघ संगठनहरुले मनाउने गर्दछन ।
संसारभरमा करिब ८० मुलुकहरुले मे १ लाई सार्वजनिक विदा र पर्वको रुपमा स्वीकारेका छन ।
कुवेतमा रहेको अखिल नेपाल मजदुर संघले समेत अन्तराष्ट्रिय मई दिवस विगत देखि नै मनाउदै आएको छ । मई १ तारिक विहिवार परेको हुदा मई २ तारिकका दिन यहाँ मजदुर दिवस मनाउन लागिएको हो ।
क्रान्तिकारी गित र नृत्यका साथमा मजदुर दिवस मनाउन तयारीमा रहेको आयोजक बताउछन।
यसरी बिदेशमा मे दिवस मनाउनु देश भित्र सबै भन्दा ठुलो ट्रेड युनियन महासंघलाई विदेशमा गएर, श्रम गर्ने आप्रवासी नेपाली श्रमिकहरुलाई पनि हेर्ने दाईत्व रहेको छ भन्ने अनुभूति दिलाउनु यस दिवसको एजेण्डा रहेको बताए ।