चितवन(रत्ननगर) चैत १८,
होमनाथ सापकोटा : विदेशी दातृ निकायले गामवेसीको चेपाङ संरक्षण
केन्द्रमा आश्रित चेपाङ वालवालिकाका लागि ५ कोठे
छात्रवास भवन निर्माण गरिदिने घोषणा गरेको
छ । नेपाल परिवार दलका अध्यक्ष तथा सभासद्
एकनाथ ढकालको पहलमा विदेशी दातृ निकायले १०
लाखको लगानीमा ५ कोठे भवन निर्माण गरि
दिने घोषण गरेको हो ।
झण्डै तीन महिना
अधि संरक्षण केन्द्रको अवलोकन गरेर
वालवालिकाको अवस्था बुझेर गएका नेपाल परिवार
दलका अध्यक्ष ढकालले सहयोगको लागि पहल
गर्नुभएको हो । परिवार दलका केन्द्रीय सदस्य
तथा युनिभर्सल पिस फेडेरेशनका क्षेत्रीय संयो
जक रामप्रसाद ज्ञावली,परिवार दलका चितवन
जिल्ला सचिव धर्म ढकाल सहित विदेशी दातृ
निकायको टोलीले आज संरक्षण केन्द्रमै पुगेर
भवन निर्माण गरिदिने घोषण गरेको केन्द्रका
अध्यक्ष केपिकिरण शर्माले जानकारी दिनुभयो ।
केन्द्रको रत्ननगर–१० मा बनिरहेको २ कोठे
भवन केन्द्रले नै सम्पन्न गर्ने र त्यही
ठाउँका अर्को ५ कोठे भवन विदेशी दातृ
निकायको सहयोगमा बनाईदिने सम्झौता
भएको अध्यक्ष शर्माले जानकारी दिनुभयो । विदे
शी दातृ निकायले ५ कोठे भवन निर्माण गरि
दिने घोषणा गरेको भएपनि केन्द्रले थालनी
गरेको २ कोठे भवन पुरा गर्न भने आर्थिक
अभावनै रहेको उहाँले जानकारी दिनुभयो । के
न्द्रमा चितवन र मकवानपुरका ८ जना
अपाङग सहित ५० जना चेपाङ वालवालिका
आवासीय सुविधा सहित अध्ययन गरिरहेका छन ।