रक्तदाता मैनाली पुरस्कार तीन समाजसेवीले ५० हजार पाए I

 भर्जिनिया चैत्र १८ ,

विजय थापा : नेपालमा रक्तदानमा अहम भूमिका निर्वाह गर्ने संस्था वा व्यक्तिलाई ५० हजार दिने घोषणा गरेका न्युयोर्क निवासी ११५ पटक रक्तदान गरि सकेका रक्तदाता अर्जुन प्रसाद मैनालीले उक्त रकम तीन जना लाई दामासाहीले पचास हजार दिने घोषणा गरेका छन्  

केहि महिना अगाडी घोषणा गरिएको उक्त पुरस्कारका लागि ९ वटा निवेदन प्राप्त भएको र जीवन बस्नेत, निरन्जन पौडेल र राजन कँडेल छनौटमा परि उनीहरुलाई उक्त नगद पुरस्कार जुलाई महिनामा एक कार्यक्रम गरि हस्तान्तरण गरिने मैनालीले बताए  

मानवीय सेवाका खातिर आर. एच. नेगेटिभ समुह, युथ फर ब्लड र क्लब २५ मार्फत समुदायमा बिरामीहरूलाई उपचार गर्ने सन्दर्भमा रगत आवश्यक पर्दा आफैं ,आफ्ना साथी भाई र सहयोगीहरूबाट रगत दान गरी बिरामीहरू बचाउन सहयोग गरेकोले ५० हजार प्राप्त गर्ने भएका छन्  

नेपालमा रगतको अभाव रहेको र देशका विभिन्न भागमा बिरामीहरू रक्तश्राव भई समयमै रगत उपलब्ध नभई अकाल ज्यान गुमाउनु परेको अवस्थामा रक्तदान गर्दा कमजोर भइँदैन भन्दै आफैं रगत दिँदै, रक्तदान गर्न जनचेतना जगाउने र रगत आवश्यक परेकालाई रगत जुटाई दिने कार्य गरेकोमा आफु प्रभावित भै उक्त घोषणा गरेको मैनालीले जनाए भने अर्जुन मैनाली अन्तर्राष्ट्रिय नेपाली रक्तदाताका अधक्ष्य पनि छन् 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com