हुलाक टिकटका परिकल्पनाकार राणा अस्पतालमा I

काठमाडौ, चैत्र १८ ,

नेपाली हुलाक टिकटका परिकल्पनाकार (डिजाइनर) मोहन नर्सिङ राणालाई फोक्सोको समस्याका कारण काठमाडौँस्थित नर्भिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

फोक्सो र मिर्गौलामा समस्या हुनुका साथै घाँटीमा अर्बुदरोग भएकाले १३ दिनदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको कलाकार राणाका छोरा दीपक राणाले बताए ।

हुलाक टिकट परिकल्पनाकारका रुपमा सुपरिचित ६० वर्षीय वरिष्ठ कलाकार राणा २०५१ सालमा आयोजित अन्तर्राष्ट्रिय हुलाक टिकट परिकल्पना (डिजाइन) प्रतियोगितामा सहभागी १८८ देशबीच नेपालको तर्फबाट भाग लिई प्रथम भएका थिए । उनले तयार गरेको ३०० भन्दा बढी नेपाली हुलाक नेपाल सरकारले प्रकाशित गरिसकेको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com