गजल : By, मानन्धर अभागी


गजल : 

मान्छेको याँ जिन्दगी जिन्दगी जस्तो लाग्दैन 
विहान खाइ वेलुका चुल्होमा भात पाक्दैन 

योग्यता प्रमाणपत्र बोकी कामको खोजीमा 
हार खाएपनि विदेश , मर्छ बरु उ भाग्दैन 

एक गाँसको निम्ति लेखा जोखा नै भएन 
यति हण्डर खाएछ र पनि उ थाक्दैन 

भगवान्को पाउमा कयौं टाउको ठोकाएर 
रगत चढाइ सक्यो भगवान् त्यो जाग्दैन 

पाठशालामा सिकेको विर्सेको छैन अझैपनि 
दयाको भीख मागेर उ सुखभोग माग्दैन । 

 मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com