गजल : By, गोबिन्द प्र तिवारी



गजल :

अघाएछौ परदेशमा खुन पसिना बगाइ 
फिर्दैछौ रे नेपालमै बधाई छ बधाई

प्रियशीले  कती भाकिन पुकारेर देउता 
चाडै फिरुन मेरा प्रिय फुलपाती चडाई

ल्याउनुछ सुन्दर बिहान हाम्रो प्यारो देशमा 
जुट्नु पर्छ नेपाली सब हामी दाजु भाई

रुपैयाँ पैसा धन दौलत कमाएर के भो ???
बसेउ सधैं परदेशमा मन मुटु जलाई

छोडौ अब मेरो भन्न हाम्रो भन्नु पर्छ 
आउ हातेमालो गरौ हातमा हात समाइ

 गोबिन्द प्र तिवारी
दमक, झापा नेपाल
हाल : आबुधाबी ( यु ए ई )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com