गैरआवासीय नेपाली संघका अध्यक्षद्वारा मन्त्रीहरु संग भेट I

काठमान्डू बैशाख ११,

गैरआवासीय नेपाली संघका अध्यक्षद्वारा उद्योग मन्त्रीसंग भेट :

बिजय थापा : गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले २२ अफ्रिलका दिन माननीय उद्योग मन्त्री कर्णबहादुर थापासंग भेट गर्नु भयो । माननीय मन्त्रीज्यूले संघका अध्यक्षलाई मन्त्रालयमा स्वागत गर्न पाएकोमा हर्ष व्यक्त गर्दै गैरआवासीय नेपालीहरुको मेहनत र लगनशिलताले गर्दा आज गैरअवासीय नेपालीहरु राष्ट्रको गौरव भएको बताउनुभयो । 

मन्त्रालयमा आफु नया“ भए पनि नेपालमा लगानी भित्राउन हरसम्भवको प्रयास गर्ने वताउ“दै गैरआवासीय नेपालीहरुको लगानी आकर्षण गर्न सुझाव माग्नु भयो । नेपालमा देखा परेका अस्थिरताले गर्दा लगानी भित्राउन गाह्रो भएको आफ्नो अनुभव सुनाउ“दै आगामी दिनमा संविधान प्राप्त गरी राष्ट्रले द्रुत गतिमा आर्थिक बिकास हासिल गर्ने विश्वस्त रहेको वताउनु भयो । संघका अध्यक्षले गैरआवासीय नेपालीहरुले मातृभूमिमा लगानी गर्दै आएका र आफ्नो सम्पर्कमा रहेका लगानी गर्न इच्छुक विदेशीहरुलाई समेत नेपालमा लगानी गर्न आह्वान गर्दै आएको माननीय मन्त्रीज्यूलाई अवगत गराउनु भयो । 

गैरआवासीय नेपाली संघको पनि नेपालमा लगानी भित्र्याउने उद्देश्य रहेकोले गैरआवासीय नेपालीहरु तथा संघ नेपाल सरकार र नीजि क्षेत्रसंग हातेमालो र सहकार्य गर्दै ईच्छुक वैदेशिक लगानीकर्ताहरु माझ लगानीका सम्भाव्य परियोजनाहरु सहित प्रस्तुत हुन पर्ने र यस कार्यमा सहयोग गर्न संघ तयार रहेको जानकारी गराउनु भयो । नेपालले अख्तियार गर्दै आएको Foreign Investment and Technology Transfer Act 1992 (FITTA) धेरै पुरानो भएको र यसमा समयसापेक्ष परिमार्जन र सुधार गर्न पर्ने संघको राय रहेको जानकारी गराउ“दै लगानीमैत्रि वातावरण निर्माण गर्न नीति तथा नियामावलीे मात्र पनि पर्याप्त नहुने र कार्यान्वयनकर्ताहरुमा लगानी मैत्रि मनोविज्ञान तथा आचरण हुन समेत जरुरी भएको अवगत गराउनु भयो । 

दोहोरो कर प्रणालीको दायित्ववाट गैरआवासीय नेपाली लगानीकर्ताहरुलाई राहत दिन एकोहोरो कर प्रणालीको व्यवस्थाकोलागि सम्बन्धित राष्ट्रहरुसंग आवश्यक पहल गर्न सुझाव पेश गर्दै नेपालमा अधिकारीक बैंकि¨ च्यानलबाट निश्चीत रकम पठाई लगानी गर्नेहरुलाई प्रोत्साहन गर्न [Commercially Important Person (CIP] को उपाधी दिई सम्मान गर्ने व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिनुभयो । एकद्वार प्रणालीमार्फत् तत्काल गैरआवासीय नेपाली र वैदेशिक लगानी सम्बन्धि सम्पूर्ण आवश्यक प्रकृयाहरुको सेवा उपलब्ध गराउने, सम्भव भएसम्म सम्बन्धीत निकायमा गैरआवासीय नेपाली लगानी डेस्कको व्यवस्था गर्ने र समय– समयमा लगानीकर्ता र सोरोकारवाला निकायहरु बीच अन्र्तक्रिया कार्यक्रमहरु संचालन गर्न सकेमा अझ फलदायी हुने धारणा समेत प्रस्तुत गर्नु भयो । 

अन्त्यमा, अध्यक्ष घलेले राष्ट्रले गैरआवासीय नेपालीहरुलाई अंगीकार गरी उनीहरुले विदेशमा देखेका र अनुभव गरेका परिपाटीहरुको समिक्षाका साथ उनीहरुको सहभागितामा लगानीलाई प्रोत्साहित गर्ने नीति नियमको तर्जुमा गरी कार्यान्वयन गर्दा अझ प्रभावकारी र नतिजामूखि हुने अवधारण प्रस्तुत गर्दै लिखित रुपमै संघका केहि सुझावहरु पेश गर्नु भयो । भेटवार्तामा उद्योग सचिवको समेत उपस्थिति रहेको थियो । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसंग भेटः 

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले २२ अफ्रिलका दिन माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भीमप्रसाद आचायसंग भेट गर्नु भयो । गैरआवासीय नेपाली संघका पा“च मूलभूत उदेश्यहरु मध्ये नेपालको प्रवद्र्धन एक भएकोले संघले अन्तर्राष्ट्रिय स्तरमै नेपालको प्रवद्र्धनको लागि विविध कार्यक्रमहरु गरिरहेको घलेले जानकारी दिनुभयो । 

मुख्यतयाः बुद्ध नेपालमा जन्मेको, सगरमाथालाई पहिचान गराउने, विभिन्न मुलुकहरुमा नेपाल महोत्सव आयेजना गरी नेपालको संस्कृति परम्परा झल्काउने खालका विविध प्रकारका नेपाली परिकारहरु र पहिरनहरुको प्रदर्शनी गर्दै संस्कृतिक कार्यक्रमहरु प्रस्तुत गर्ने कार्यहरु गरिरहेको संघका अध्यक्षले अवगत गराउनु भयो । नेपालको वस्तु र कलालाई झल्काउने खालका नेपाल हाउसहरु विभिन्न मुलुकहरुमा निर्माण भइसकेको र कतिपय मुलुकहरुमा निर्माण भैरहेको, पर्यटन तथा नेपाली उत्पादन र सेवाहरुको प्रवद्र्धनका लागि मेलाहरुको आयोजना, नेपाली भाषा र साहित्य सम्बन्धि कार्यक्रमद्वारा नेपालको प्रवद्र्धनमा योगदान गर्दै आएको उहा“ले जानकारी गराउनु भयो । 

नेपालको दिगो आर्थिक विकास, रोजगारी सिर्जना र पर्यटन उद्योगको विकासलाई प्राथमिकता दिंदै नेपालमा गैरआवासीय नेपालीको लगानीमा नया“ पा“च तारे होटल स्थापनाका लागि सम्भाव्यता अध्ययन प्रकृयालाई अघि बढाउने र नेपालको पर्यटन पूर्वाधार विकासका लागि रणनीति बनाई मुलुकमा रोजगारी सृजना हुने र पूर्वाधार विकासजन्य परियोजनाहरुलाई प्राथमिकता दिंदै सामूहिक लगानीको परियोजनालाई थप शसक्त बनाउने संघको रणनीति रहको अध्यक्ष घलेले मन्त्रीलाई जानकारी गराउनुभयो । गैरआवासीय नेपालीहरुको संयुक्त लगानीमा यस्ता परियोजनाहरु संचालन गर्न नेपाल सरकारको स्वामित्वमा रहेका उपयोगमा नआएका अचल सम्पतिहरु लिजमा लिई सहकार्य गर्नमा समेत संघ ईच्छुक रहेको अवगत गराउ“दै संघका उपाध्यक्ष भवन भट्टको संयोजकत्वमा नेपालमा पर्यटन व्यवसायमा संलग्न व्यक्तिहरु तथा संघसंस्थाहरुको संलग्नतामा पर्यटन प्रबद्र्धन समिति गठन गरी सो समिति मार्पmत् विभन्न पर्यटन विकासमा टेवा पुग्ने कार्यक्रमहरु संचालन गर्ने योजना रहेको जानकारी गराउनु भयो । 

माननीय मन्त्रीले गैरआवासीय नेपालीहरु तथा संघले नेपालको प्रवद्र्धन, खासगरी पर्यटनमा पुराएको योगदानको सरहाना गर्दै अझ सशक्त रुपमा यसमा लाग्न अनुरोध गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल सरकार पूर्ण सहयोग गर्न तयार रहेका वताउनु भयो । उहा“ले BOOT (Build, Own, Operate and Transfer) प्रविधि अनुरुप नेपालको पर्यटनजन्य क्षेत्रहरुमा लगानी गर्न अनुरोध गर्दै, कुनै यस्ता क्षेत्रहरु गैरआवासीय नेपालीहरुको मागमा पर्दछ भने जानकारी गराउन अनुरोध गर्नु भयो । लुम्वीनी, पशुपतिनाथ, मुक्तिनाथ जस्ता धार्मिक क्षेत्रहरुमा प्रसस्त यस्ता सम्भावनाहरु रहेका औंलाउनु भयो । 

यसै गरी माननीय मन्त्रीज्यूले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा लगानी जुटाउन सहयोग तथा प्रचारप्रसार गरिदिन संघ तथा सम्पूर्ण गैरआवासीय नेपाली समुदायमा अनुरोध समेत गर्नु भयो । उहा“ले संघको नेपाल सरकारको स्वामित्वमा रहेका अचल सम्पतिहरु उपयोगमा ल्याई अन्तर्राष्ट्रिय स्तरको होटल संचालन गर्न सकिने प्रस्तावप्रति आफू सकारात्मक रहेको र कार्यन्वयनका लागि आवश्यक सुझाव तथा रायहरु संकलन गर्ने वताउनु भयो । अन्त्यमा संघका अध्यक्षले आफ्नो व्यस्तताका वावजुत पनि समय दिनु भएकोमा कृतज्ञता व्यक्त गर्नुभयो । आगामी नोभेम्वरमा अट्रेलियाको मेलवोर्नमा नेपाल महोत्सव आयोजना हुन लागेको जानकारी गराउँदै अध्यक्ष घलेले मन्त्रीज्यूलाई आमन्त्रणसमेत गर्नुभयो । 

 गैरआवासीय नेपाली संघका अध्यक्ष र उद्योग बाणिज्य महासंघका अध्यक्षवीच भेटः 

गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले २० अफ्रिल,२०१४ का दिन नेपाल उद्योग वाणिज्य महासंघको ४८ औं साधरण सभाद्वारा निर्वाचित हुनु भएका अध्यक्ष प्रदिपज¨ पाण्डेसंग शिष्टचार भेट गरी उहा“सहित सम्पूर्ण कार्यसमितिलाई व्यक्तिगत तथा संघको तर्फवाट वधाई दिनु भयो । भेटका अवसरमा अध्यक्ष घलेले संघको स्थापना देखिनै महासंघले पुराउ“दै आएको सहयोगको सरहाना गर्दै धन्यवाद व्यक्त गर्नु भयो । आगामी कार्यकालमा सहकार्य र समन्वयलाई अझ प्रभावकारी र परिमाणमुखि बनाई साझा लक्ष्य प्राप्तिका लागि ठोस पहलहरु गर्न सकिने घलेले बताउनुभयो । 

उद्यमशिलता विकासमा संयुक्त रुपमा कार्यक्रमहरु संचालन गर्न सकिने र लगानीमैत्रि नीति निर्माण तथा कार्यन्वयनका आचरणहरु तय गर्न नेपाल सरकार समक्ष पैरवि गर्नुपर्ने उहा“को धारणा थियो । यसका लागि हालसम्म गरिएका प्रयासहरुबाट केहि प्रतिफल पाउने संकेतहरु देखिएता पनि यसबाट पूर्णविश्वस्थ हुने अवस्था नरहेको समेत वताउनु भयो । अध्यक्ष घलेले गैरआवासीय नेपालीहरुले नेपालमा लगानी गर्दै आएका र नेपालमा थप लगानी गर्न गैरआवासीय नेपालीलाई प्रेरित गर्दै उहा“हरु मार्फत वैदेशिक लगानी भित्राउने रणनीति वनाएमा अझ प्रभावकारी हुन सक्ने औंलाउनु भयो । यस अवसरमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य ओम गुरु¨को पनि उपस्थिति रहेको थियो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पाण्डेले आफू निरन्तर एनआरएनएको गरिमा बढाउने कार्यमा संलग्न हुने र राष्ट्रलाई एनआरएनको आवश्यक्ता भएको संदेश हरेक अवसरमा सम्प्रेसन गर्ने वताउनु भयो । 

उहा“ले नेपाल सरकारलाई विदेशमा रहेका नियोगहरुद्वारा बिभिन्न कार्यक्रमहरु संचालन गर्दा गैरआवासीय नेपालीहरुको सहकार्य र समन्वयमार्फत गर्न समेत सुझाव दिने जानकारी गराउ“दै सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई निजी क्षेत्रको दूत हुन समेत अह्वान गर्नु भयो । महासंघका अध्यक्षले नेपालमा लगानी गर्न ईच्छुक हरेक राष्ट्रहरुबाट प्रथम १० गैरआवासीय नेपालीको लगत तयार पारी उहा“हरु माझ लगानीका अवसरहरु वारे जानकारी गराउन पर्ने सुझाव दिनु भयो र हाल निर्माणमा रहेको हेटौंडा काठमाण्डौं शुरु¨ मार्गमा लगानी गर्न पनि अहवान गर्नु भयो । उहा“ले लगानीका बिषयमा गैरआवासीय नेपालीहरुलाई केहि समस्या परेमा महासंघ तथा आफू व्यक्तिगत तवरले समेत सहयोग गर्न तयार रहेको जानकारी गराउ“दै नेपाल सरकारलाई लगानीमैत्रि वातावरण नीति तथा व्यवहारमा अवलम्वन गर्न पैरवी गर्ने वताउनु भयो ।

गैरआवासीय नेपाली संघ सचिवालय, 
 काठमाण्डौं ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com