गजल :
सँगै मर्ने बाच्ने कसम, खाएउ र त मन पराए !
सागरसरी चोखो माया, लाएउ र त मन पराए !!
दु:ख सुख जे परेनी, जिन्दगीको गोरेटोमा !
हात समाई प्रितीको गीत, गाएउ र त मन पराए !!
काँडै काँडा बिछेकाथे, हामी हिंड्ने गोरेटोमा !
बाधा अड्चन छिचोलेर, आएउ र त मन पराए !!
आबरणमा जे भएपनि, बिशाल मनकी धनी तिमी !
मन मुटुमा सधैं भरी, छाएयौ र त मन पराए !!
घृणित थियो यो "गोबिन्द", संसारकै नजरमा !
फुल छोडि काडा टिप्न, चाएउ र त मन पराए !!
गोबिन्द प्र तिवारी
दमक, झापा नेपाल
हाल : आबु धाबी (यु ए ई )