गजल :
जीवन बित्यो झिनो आशामा, सधैं अल्झिएर
जिन्दगानी सार्थक कहिले, बन्ला बद्लिएर
परदेशमै सुक्ने भयो, जवानीको प्याला
छटपटाउछ योबन प्यास, घाँटी अड्किएर
उन्कै रुप उन्कै मुहार , आउछ झझल्कोमा
बालुवामै निदाएको छु , उन्लाई सम्झिएर
देश रुँदा मन रुन्छ, अल्झी बिवशतामा
बिकल्पनै छैन बाहेक, बस्नु तड्पिएर
परदेशी जिन्दगीको, यही सिङ्गो कथा
जिन्दगानी संघर्षमै, बित्छ पिल्सिएर
गोबिन्द प्र तिवारी
दमक, झापा नेपाल
हाल : आबुधाबी ( यु ए ई )