गजल : By, गोबिन्द प्र तिवारी



गजल :

जीवन बित्यो झिनो आशामा, सधैं अल्झिएर 
जिन्दगानी सार्थक कहिले, बन्ला बद्लिएर

परदेशमै सुक्ने भयो, जवानीको प्याला 
छटपटाउछ योबन प्यास, घाँटी अड्किएर

उन्कै रुप उन्कै मुहार , आउछ झझल्कोमा 
बालुवामै निदाएको छु , उन्लाई सम्झिएर 
  
देश रुँदा मन रुन्छ, अल्झी बिवशतामा 
बिकल्पनै छैन बाहेक, बस्नु तड्पिएर

परदेशी जिन्दगीको, यही  सिङ्गो कथा 
जिन्दगानी संघर्षमै, बित्छ पिल्सिएर

गोबिन्द प्र तिवारी
दमक, झापा नेपाल
हाल : आबुधाबी ( यु ए ई )

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com