लघुकथा



नेपाली भ्यागुता!
एक दिन यस्तो एउटा प्रतियोगिता चल्यो कि संसारको सारा बैज्ञानिक हरुले आ आफ्नो देशको कुनै एउटा चिजमा अनुसन्धान गर्ने अनी कुन देश को चिज कती प्रभाबकारी भन्ने कुरा चल्यो र यसै क्रममा सबै ले आ आफ्नो देशको भ्यागुता को अनुसन्धान गर्ने निचोडमा पुगे र कुन देशको भ्यागुता कती बुद्दीमानी भनी अनुसन्धानको निम्ती सम्पूर्ण देशका बैज्ञानिकहरुले आ आफ्नो देशको भ्यागुताहरुलाई जम्मा पारे र टोकरीमा राखे । 
भोलिपल्ट बिहानै सबै बैज्ञानिकहरु भ्यागुता राखेको स्थान तर्फ गय अनुसन्धानको लागि तर त्यहा पुग्दा सबै देशको भ्यागुता हरु टोकरीबाट गायब थिए शिबाय नेपालको बाहेक ! सबै बैज्ञानिक हरु छक्क परे अरु सबै देशको कहाँ गय र नेपालको चाँही किन गयनन । ओ हो कती ज्ञानी भ्यागुता रहेछन नेपालको एकापसमा भाईचारा मिलेर बस्दो रहेछ भनेर अन्तत नेपालको भ्यागुता यानीको नेपालको भ्यगुता हरु बुद्दीमानी भनी पुरस्क्रित पनि गरियो ! 

तर अरु बैज्ञानिक हरुलाई मनमा खुल्दुली अझ धेरै बढयो र फेरी पुन आ आफ्नो देशको भ्यागुता हरु जम्मा पारेर राखे र त्यहाको गतिबिधी कैद गर्न त्यहा क्यामेरा पनि राखी दिए भोली पल्ट फेरी हेर्न आउँदा त्यस्तै अवस्था थियो सबै देश को भ्यागुता गायब थियो तर नेपाल को चाँही जहाँ को त्यही यही कुरा बुझ्न् भिडिओ अन गरे र हेर्न थाले के गर्दो रहेछ भने नि अरु देश को सबै भ्यागुता टोकरीबाट बाहिर निस्कन खोज्दा अर्को साथी भ्यागुता हरुले सहयोग गर्दो रहेछ हुत्त्याउने , तान्ने गरेर पालो पालो उक्लिदो रहेछ तर नेपाल को चाँही बिचरा एउटा उक्लिन खोज्दा अर्कोले खुट्टा मा तानेर झार्ने फेरी अर्को उक्लिनु खोज्दा अर्कोले तानेर झार्ने कारणले गर्दा यकै ठाउँमा थकित भएर भेला भएर बसेको रहेछ !

मोरल : नेपाली को बानी यस्तै हो अर्काको उन्नती र प्रगती देख्न नस्क्ने जस्ले गर्दा त्यो भुमरीको दलदल मा स्वयम आफै पनि मुछिन वाध्य हुनु !

सर्जक: स्मीका शेर्पा
हाल: ईजरेल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com