गजल :
बनाउनेले यति ठुलो ,संसार बनाई दिय
संसार भित्रै शौन्दर्यता अपार बनाई दियो !१
पैसा संग इज्जत बेच्ने ब्यापारी त्यो धनाड्यले
दुखियाको इज्जतलाई , बजार बनाई दियो !२
बिज्ञानले यती धेरै चमत्कार गरेर होला
दुर देश पनी आज सँघार बनाई दियो !३
शब्द भित्र अमृत छ शब्द भित्रै जहर नि
गला रेट्ने शब्दको नै हतियार बनाइ दियो !४
मन्दिरमा मुर्ति पुजी बस्नेलाई पनि आज
लोभ अनि लालचले झन् गद्दार बनाई दियो !५
आँफै ठुलो आँफै जान्ने अंहकार बोकी हिड्थ्यो
घमण्डले जलाएर अंगार बनाई दियो !६
साबित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजराइल