गीती कविता : By, आचार्य प्रभा
मीठो उच्छ्वास भर्दै जब तिमी आयौ समिप
मृगतृष्णा बोकेर पुगेँ म पनि तिमी नजिक .....
बढेथ्यो ढुक्ढुकी मुटुको लौन कस्तो बेगले
सताएथ्यो हामी दुवैलाई माया नामको रोगले ......
बनेथ्यौं एकार्काको जीवनको अमीट उत्कर्ष
पुगेथ्यौँ त्यो सिमाना जहाँ थियो नछुट्टिने निष्कर्ष .....
लेखिएथ्यो यो मुना मदनको झै प्रेमको स्वच्छ उक्ती
अमर उसरी बन्न खोजेथ्यौं हामीले नि जुक्ती .....
निश्छल ,निष्कपट गेरर लेखौं प्रेम काहानी
देखाउँ होइन भनी स्वार्थकोलागी मात्र भनी जवानी
आचार्य प्रभा
अमेरिका