गज़ल : By, कोमल भट्ट



गज़ल :

च्यातिएर जान थाले,इतिहासका पाना सबै 
चोखो माया ढली सक्यो,मक्किएर छाना सबै

सिर्जनाको प्रवाह नै,सुक्ने भयो खडेरीले 
एकान्तले बिर्साई दियो,पिरतीका गाना सबै

परेवीका जोडी सधैँ,पर्खी बस्थे बिहानीमा 
विचरा ती रुँदै होलान्,सम्झिएर दाना सबै

कथा व्यथा बोल्दा बोल्दै,तार टुट्यो सारङ्गीको 
लथालिङ्ग हुँदै गए,मिठा मिठा ताना सबै

प्रवासको व्यस्ततामा,फस्दै गयो जिन्दगी यो 
याद आउँछन् स्वदेशकै,रहन-सहन खाना सबै

कति खप्नु चोट मात्रै,वारम्वारै नियतिको
 'कोमल' मुटु टुक्र्याएर,बनाइ दियो चाना सवै

 कोमल भट्ट 
पुरानो नैकाप,काठमाडौँ 
हाल:- न्युयोर्क,अमेरिका

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com