पुरुषको दाँजोमा महिला बढी सक्षम र सबल छन । मातृत्वको अभिभारा दिएर प्रकृतिकले महिलालाई विशेष उपहार त दिएकै छ त्यसबाहेक विभिन्न समयमा गरिएका अनुसन्धानले पनि हरेक काममा पुरुष भन्दा महिलाको नेतृत्व र व्यवस्थापन अगाडि देखिएको छ ।
भर्खरै १०४ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएका बेला यसपटक टफ टकमा मैले नेपाली समाजका दुई महिलालाई निम्त्याएको छु, जसको संघर्ष र परिश्रम के महिला के पुरुष सबैका लागि प्रेरणादायी बन्न सक्छ । दुबै महिलालाई पुरुषसँग दाँजेर कसैले कमजोर भन्न सक्दैन । जुन कुरा धेरै पुरुषले गर्न सक्दैनन, उहाँहरुले आफ्नो क्षेत्रमा त्यो काम गरेर देखाउनुभएको छ ।
आँट, हिम्मत र निरन्तर लगनशीलताले हाल नेपाली आकाशमा हेलिकप्टर उडाउदै आएकी एकमात्र महिला पाईलट हेलिकप्टर पाइलट प्रीया अधिकारी र दुबै हात नभएकी सरकारी कर्मचारी सुशीला ढकालसँग आज म उहाँहरुको संघर्षको कथाका साथै महिलाका सामु उपस्थित अवसर र चुनौतीका बारेमा बहस गर्नेछु ।