दहि र पनिरले मधुमेह कम I

काठमाडौ, फाल्गुन २६,

मधुमेहको जोखिम एक तिहाइसम्म घटाउन दही र पनिरको सेवन उपयोगी हुन सक्छ । जर्नल अफ डाइबेटोलोजीमा प्रकाशित अध्ययनमा यस्तै दाबी गरिएको छ । क्याम्बि्रज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार, दही नखानेहरूको दाँजोमा बढी मात्रामा सेवन गर्ने व्यक्तिहरूमा टाइप २ मधुमेहको जोखिम २८ प्रतिशतसम्म कम हुन सक्छ । 

दही, कम चिल्लो भएको पनिर जस्ता डेयरी उत्पादन खाँदा मधुमेहसँग सम्बन्धित अन्य जोखिमसमेत २४ प्रतिशत कम हुन सक्छ । यिनले टाइप २ मधुमेहको रोकथाममा महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । उक्त अनुसन्धान अन्तर्गत बेलायतको नोरफोकका महिला र पुरुष गरी २५ हजार जनाको खानपानको बानीको विस्तृत अध्ययन गरिएको थियो । 

तीमध्ये ७ सय ५३ जना ११ वर्षदेखि टाइप २ मधुमेहले पीडित थिए । पतिलाई भए पत्नीलाई पनिटाइप २ मधुमेह पति वा पत्नीमध्ये कसैलाई छ भने अर्कालाई पनि हुन सक्छ । यो अनुसन्धान बीएमसी मेडिसिन जर्नलमा प्रकाशित छ । यो अनुसन्धानका लागि ७५ हजार ४ सय ९८ दम्पतीको सामाजिक परिवेश, उमेर, स्वास्थ्य आदिबारे अध्ययन गरिएको थियो । 

त्यसको निष्कर्षमा भनिएको छ— जोडीमध्ये एक जनालाई टाइप २ मधुमेह भए पार्टनरलाई यो रोग लाग्ने सम्भावना २६ प्रतिशत बढी हुन्छ । अध्ययनकर्ताहरूका अनुसार, सामान्यतया टाइप २ मधुमेह गलत खानपान र जीवनशैलीले गर्दा हुन्छ । यसैले दम्पतीमा कसैलाई भए अर्कालाई समेत हुने सम्भावना बढी भएको हो । (इकान्तिपुरबाट)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com