सरुको 'एउटा सिन्को भाँची हेर्दा' सार्बजनिक I

काठमान्डू फाल्गुन २३, 

बबिता बस्नेत : मिडिया एड्भोकेसी ग्रुप (म्याग) को प्रकाशन शाखा म्याग लाइब्रेरीले सरु जोशी श्रेष्ठको पुस्तक 'एउटा सिन्को भाँची हेर्दा' सार्बजनिक गरेको छ । 

बिबिध बिषयमा लेखिएका ३२ वटा लेखहरुको संगालोको रुपमा रहेको उक्त पुस्तकको बिक्रिबाट उठेको रकम महिलाको सूचनाको हकलाई प्रबद्र्धन गर्नमा खर्च गरिनेछ । पुस्तकलाई ग्रामिण तह सम्म पुर्याउनका लागि एकै पटक रु दश हजारको पुस्तक किन्ने Sita Rupakheti लाई धेरै धन्यवाद दिन चाहन्छौं । साथै आज बिमोचनका दिन बिक्रि भएको पुस्तक संख्याबाट हामी उत्साहित भएका छौं । 

एकै पटक १५० वटा पुस्तकको माग गर्ने Subarna Karmacharya ज्युमा आभार ब्यक्त गर्न चाहन्छौं । सूचनामा महिलाको पहुँच बढाउने कार्यका लागि म्यागले छुटटै कोषको स्थापना गरेको छ । कोषलाई सहयोग गर्न चाहने जोकोहीले सरु जोशीजीको पुस्तक किनेर सहयोग गर्न सक्नु हुनेछ । बिमोचनका क्रममा पाल्नु हुने सबैलाई हार्दिक अभार प्रकट गर्न चाहन्छौं ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com