गजल: By, मानन्धर अभागी



गजल: 

आश्चर्य भो सत्य हो वा असत्य , समाचार छापियो 
थाहा छैन के कारणले हो त्यो आमाघर मासियो 

यौटा पत्रकारको गल्ती भएमा सिङ्गो पत्रकार माथि 
दुनिँयाले नराम्रो नजर दृष्टीले हेर्ने भ्याइयो 

आमाघर यदि झूठ्ठा सावित भए , धिक्कार्ने छन् 
धर्म वा पैसाले जसलाई कलङ्कित बनाइयो 

दाम पाएर हो वा काम पाएर हो , मान्छेहरू यहाँ 
रहस्य भित्र रहस्य केही न केही अवस्य जनाइयो 

वास्तविक के हो ? जालमा ठूलो माछा हुनुपर्छ 
द्घन्द भयो एक अर्कामा प्रश्न चिन्ह थुपारियो 

जासुसी गर्दै हिंड्ने जासुसहरू हो , सक्छौ भने 
टनकपुर भारतको हो नै भन्ने प्रमाण चाहियो 

कहीं नभाको जात्रा हाँडीगाउँमा , हाम्रो यो देशमा 
सानालाई ऐन ठूलालाई चैन कोद्घारा ल्याइयो । 

 मानन्धर अभागी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com