बलात्कार आरोपमा कारागार चलान I

सर्लाही फागुन २३, 

समाचारदादा : पत्थरकोटकी एक युवतीमाथि बलात्कार भएको आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गरेको छ । नारायणखोला गाविस–७ का २३ वर्षिय लुगु ब्लोनलाई एक युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । 

जिल्ला न्यायधिश दलबहादुर केसीको इजलासले सोही मुद्धामा ब्लोनलाई पूर्पक्षका लागि कारागार चलान गरेको हो । पत्थरकोटकी एक युवतीलाई नियन्त्रणमा लिएर आÇनो घरमै जबर्जस्ती करणी गरेको आरोपमा व्लोनमाथि इलाका प्रहरी कार्यालय हरिपुरले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो । गत माघ २२ गते राती पक्राउ परेका अभियुक्त व्लोनमाथि प्रहरीले गत सोमबार जिल्ला अदालतमा मुद्धा पेश गरेको थियो । 

पत्थरकोट निवासी एक युवती कामको सिलसिलामा नारायणखोला गाविस स्थित माईस्थान पुगेपछि ती युवकले कब्जामा लिई घरमा राखेर जबर्जस्ती करणी गरेको आरोप लगाईएको छ । घरमा बन्धक बनाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले पेश गरेको मुद्धाका आधारमा ती युवक पूर्पक्षका लागि कारागार चलान भएका हुन् । उनलाई बुधबार नै महोत्तरी कारागार पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पृथ्वीनारायाण ओलीले बताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com