तरहरा चैत्र १०,
नेपाल विश्व अभियान -हाम्रो राष्ट्र र स्वाभिमान
नेपाल ,सगरमाथा र बुद्ध -पहिचानको खोजीमा
सुनिल श्रेष्ठ : नेपाल विश्वको एक मात्र यस्तो मुलुक हो जसको नाम प्राचिन धर्मशास्त्रमा उलेख्ख भएको छ र विश्वमा यस किसिमको मुलुक बिरलै भेटिन्छ । यो पावन भूमिमा प्राचीनकालदेखि अहिले सम्म बिभिन्न दिज्ग दार्शनिक ,विद्वानहरुले जन्म लिएका छन् । बेद व्यास जो ४ बेद ,१८ पुराणका रचयिता हुनु ,पाणिनी जो विश्वको पहिलो व्याकरण रचयिता हुन् ,सिता ,भृकुटी ,गौतम बुद्ध पनि यही पावन भुमिलाई पवित्रता प्रदान गरे यहाँ जन्मेर ।
सृष्टिले पनि सगरमाथा जस्तो विश्वको गौरब हाम्रै नेपाललाई प्रदान गरिन । तर हाम्रो बिडम्बना आज विश्वका कतिपय देश र मानिसहरुलाई यो थाहा छैन कि नेपाल भन्ने देश पनि छ र ? बुद्ध भारतमा जन्मेको हो । सगरमाथा चिन कि भारतमा पो पर्छ त । जब नेपाललाइ नै चिन्दैन त हाम्रो सम्पदाहरु बुद्ध र सगरमाथा कसरी चिन छन् । हाम्रो सरकारको पनि धेरै कमजोरी छ यो कुराको प्रचारप्रसार नगर्नुमा साथै हामी जनताको पनि छ कमजोरी । एक मत सर्वेक्षण अनुसार विश्वको ५ % मानिसहरुले नेपालभन्ने देश चिनेको जनाएको छ यस्तै अर्को एक सर्वेक्षण अनुसार विश्वको ४ % मानिसहरुले सगरमाथा ,बुद्ध नेपालको हो भन्ने जान्दछन् ,हाम्रो लागि यो भन्दा ठुलो पिडा र व्यंग के हुनु सक्छ र ? अब यसलाई सपार्नु पर्ने बेला भएको छ ।
आज सामाजिक संजालको प्रयोग समाज देश निर्माणमा लगाउनु हामी सबै युवा पिढी नेपालीको कर्तब्य हो । त्यो काम चाहे स्वदेशमा बसेर होस् या बिदेशमा बसेर आफ्नु आफ्नु ठाउँबाट यसको प्रयत्न गर्नु पर्छ ।यीनै कुरालाई मध्य नजर गरेर अमेरिकाबसेर आफ्नु ब्यस्त समयको वाबजुद पनि नेपालमा आफुले सकेको समाजसेवाको काम गरिरहनु भएको आदरणीय दाइ प्रेम गुरागाईले बुद्ध ,लुम्बिनी र सगरमाथा नेपालमा पर्छ भनि एउटा अभियान चलाउनु भएको छ २०१२ जुन देखि एक change.org मार्फत जसमा २०० मुलुकको बासिन्दाबाट हस्ताक्षर संकलन गर्नु पर्ने हो । प्रेम दाइले बारम्बार त्यो लिंक बिभिन्न संजाल मार्फत पोस्ट गर्नु हुन् छ सबैले केवल त्यो पोस्टमा like मात्र गरे तर त्यो पोस्टको लिंक खोलेर भित्र गएर एक सानो फारम भर्नु कसैले सकेनौ । यो कुरालाई रबि लामिच्छानेले आफ्नु विश्व रेकोर्ड्स कार्यक्रम "सबै भन्दा लामो टिभी शो" मा पनि उठाउनु भयो । तर हामीले ध्याननै दिएनौ ।
रबि लामिच्छानेको त्यो कार्यक्रम सफलता पछाडी पनि प्रेम गुरागाईं दाइको ठुली भूमिका छ । प्रेम गुरागाईंले थाल्नु भएको यो अभियानलाई अब बृहत बनाउदै आउदो बुद्ध पुर्णिमा सम्म यो महान अभियानलाई सफल पारौ यसको लागि हामीलाई २०० देशबाट १० लाख हस्ताक्षर चाहेको छ ,तसर्थ मित्रहरु यो अभियानमा सामेल भै देशकोनाम चिनाउ । १० लाख हस्ताक्षर भैसकेपछी यो हस्ताक्षर संयुक्तराष्ट्र संघको महासचिबलाइ प्रदान गरि वहालाई लुम्बिनी ल्याउने कार्य हुने छ । थोरैनै सहि विश्वमा नेपालको केहि प्रचार प्रसार हुने छ । दुखद कुरा त्यो लिंक मैले पनि धेरै ताली शेयर गरे मेरो सबै सामाजिक संजालमा तर सबै मित्रहरुले केवल लाइक मात्र गरेर छोड्नु भयो । त्यो भित्र के लेखेको छ भनेर पढ्ने समय कसैले दिनु भएन खाली यो सुनिलको पोस्ट हो मैले साथीको नाताले लाइक गर्नु छ भन्ने सोच देखे ।
अब यो नगरिकन त्यो लिंकमा गएर फ्रम भरिदिनु र अआफ्नु ठाउँबाट नेपाललाई विश्वमा चिनाउनु आफ्नु आफ्नु नागरिक कर्तब्य पुरा गरौ । बुद्ध पुर्णिमा २०७१ सम्म यो हाम्रो कार्य सफल बनाउने लक्ष्य छ ,यसलाई सफल बनाउनु सबैले सहयोग गरौ । जति बेला भारतीयमूल को अमेरिकी पत्रकार फरीद जाकारियाले बुद्ध भारतीय उपमहादीपमा जन्मिएको तर नेपाल कहिले पनि भारतीय उपमहादीप नपरेको भनेर बुद्ध भारतमा जन्मेको पुस्तकलेखे त्यो बेला पनि प्रेम गुरागाई दाइ र मैलेले सबै तिर शेयर गर्यौ , तर त्यो लिंक खोलेर कसैले फारीद जाकारियालाइ मेसेज गर्ने काम गरेंन तीतोसत्य हो । यदि त्यो काम हामी सबैले गरेको भए आज सम्म उसले बाध्य भएर त्यो सचाई सक्थियो ।
अब ढिला नगरौ हाम्रो राष्ट्र ,राष्ट्रियता माथिको गलत प्रचारप्रसारको डटेर सामाना गरौ । बुद्ध ,लुम्बिनी ,सगरमाथाको पहिचान स्थापित गराऊ । जय होस् हाम्रो नेपाल र नेपालीको । यो अभियानमा सफल सहभागिता जनाउनु एक दम सजिलो छ ।
http://www.change.org/petitions/please-promote-buddha-was-born-in-nepal-mt-everest-is-in-nepal
माथिको लिंक खोल्ने तेस्को दाहिने पट्टी भएको फारम भर्ने ....
१ . नाम लेख्ने
२. थर लेख्न
३. आफ्नु पुरा इमेल राखेने (जस्तै visit2shresu@yahoo.com)
४. शहर र देशको नाम ,जुन देशमा छौ त्यो देशको नाम
५. नभार्दा पनि हुन्छ
६. SIGN IN गर्ने .