गजल :
यो नेपाललाई दुखे सबै नेपालीलाई दुख्छ
विदेशीको राम राज्य यहाँ हिमाल झुक्छ
मान्छेको नियत ठीक छैन यो देशमा आँखा गढे
समुन्द्रको छालहरू झैं सारा नेपाली उठ्छ
राष्ट्र हाँक्ने अभिभावक विदेशी दास बन्दा
यही माटोको नयनबाट आँशुका धारा छुट्छ
एउटा स्वार्थको निम्ति विदेशीको पाउ पर्दा
नेपाल र नेपालीको जहाँ आस्था गुम्छ
शीतल निवास भित्रका महामहिम महोदय
केही नबोली मौन हुँदा जनताको मन छुट्छ ।
मानन्धर अभागी